काँग्रेस सभापति देउवाद्वारा ‘खनिया बास विद्रोह’ सार्वजनिक

काठमाडौँ –  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लेखक एवं साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित पुस्तक ‘खनिया बास विद्रोह’ लोकार्पण गर्नुभयो ।

बुधवार नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बिच सभापति देउवाले उक्त पुस्तक सार्वजनिक गर्नुभएको थियो ।

नेपाली लेखक सङ्घ नुवाकोटद्वारा प्रकाशित ‘खनिया बास विद्रोह’ तत्कालीन पश्चिम १ नम्बर क्षेत्र र हालको नुवाकोट जिल्लामा पर्ने खनिया बासमा घटेको सत्य घटनाको विषयवस्तु अध्ययन गरेर लेखिएको अनुसन्धानात्मक पुस्तक हो ।

‘खनिया बास विद्रोह’ श्रेष्ठको २८ औँ प्रकाशित कृति हो । नुवाकोटको विदुरमा वि.सं २०३१ सालमा जन्मिएका श्रेष्ठको हालसम्म केही नियात्रा सङ्ग्रह, जीवनी सङ्ग्रह, कविता, समीक्षा, अनुसन्धानात्मक पुस्तकका साथै जापनिज साहित्यका हाइकु, तान्का, कटौता, सेदोका, डोडोइट्सु, मन्डो र कोरियन साहित्यका सिजो जस्ता विधाका अधिक पुस्तकहरू प्रकाशित छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.