विद्यार्थीलाई साइवर अपराध विरुद्ध सचेतना

नुवाकोट- नुवाकोटको तादी गाउँपालिकाको विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि साइबर अपराध सचेतना कार्यक्रम सञ्चालन गरेको छ । यस वाट विद्यालयमै जानकारी लिन पाउँदा विद्यार्थीहरू निकै उत्साहित भएका छन् ।
“सावधानी अपनाऔँ, साइबर अपराधबाट बचौँ” भन्ने मूल नारासहित साइबर अपराध सम्बन्धी विद्यालय सचेतना कार्यक्रम विभिन्न विद्यालयमा सम्पन्न गरेको छ । तीन वटा विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई साइवर अपराध सम्बन्धी सचेतना प्रदान गरिएको छ ।
तादी गाँउपालिका २ रालुकास्थित रालुका माविमा प्रधानाध्यापक भोजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष बच्चुराम तामाङ, इलाका प्रहरी कार्यालय खरानी टारकी प्रहरी निरीक्षक जयन्ती थापा, प्रशिक्षक तादी गाँउपालिका का सूचना प्रविधि अधिकृत पुरुषोत्तम वाग्ले, रोजगार सहायक प्रभु किरण ओझालगायतले साइबर अपराध सम्बन्धी सचेतना प्रदान गर्नुभएको थियो ।
सचेतना कार्यक्रममा साइबर अपराध, यसबाट कसरी जोगिने, र सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे कक्षा १० का विद्यार्थीहरूलाई जानकारी गराइएको थियो । यस वाट विद्यार्थीहरुले साइवर सचेतना र यसको प्रभावका बारेमा जानकारी लिएका छन् ।






प्रतिक्रिया राख्नुहोस्