प्रसारण लाइन विस्तार गर्न ल्याइएको विद्युतीय सामाग्री बेवारिसे अवस्थामा

धादिङ – जिल्लाको ग्रामीण क्षेत्रमा विद्युतीकरणका लागी प्रसारण लाइन विस्तार गर्न ल्याइएको विद्युतीय सर समान शिद्धलेक गाउँपालिका स्थित परेवा टारमा अलपत्र छाडेको वर्षै बित्यो , सामान सबै काम नै नलाग्ने अवस्थामा पुगिसकेको छ । यो विद्युतीय सामान जिल्लाको कुन स्थानमा विद्युतीकरणका लागी ल्याइएको भन्ने समेत स्थानीय बेखवर छन् ।
धेरै सामान त चोरी समेत भई सकेको छ कस्ले कहाँ लग्छ भन्ने नै थाहा हुँदैन । बाँकी बसेको सर सामानहरू काम नलाग्ने गरी बिग्रन थालेको छ भने विद्युतीय सरसामानहरू राखेको स्थान सबै झाडीमा परिणत भई सकेको छ । विद्युत् प्रसारण लाइन विस्तारका क्रममा प्रयोग हुने कतिपय सामान त माटोमा पुरिएको छ ।
२०७७ सालमा अमिर कन्स्ट्रक्सन एन्ड सप्लायर्स नामक निर्माण कम्पनीले जमिन भाडामा लिई सो सामान राखेको हो । यसो त हालसम्म जग्गा धनीलाई सामान राखे बापतको जमिन भाडा समेत नदिएको बताउँदै र सप्लायर्स कम्पनीको सञ्चालक नै सम्पर्क विहीन भएको भनाइ छ ।
स्थानीयले सो सामान हटाई दिनका लागी विद्युत् प्राधिकरण धादिङलाई समेत पटक पटक आग्रह गरेको बताएका छन् । प्राधिकरणलाई समेत सामान कहाँको र कसले के प्रयोजनको लागी ल्याएको आफूहरूलाई थाहा नभएको जवाफ दिँदै आएको जग्गा धनी केशव थपलियाको भनाई छ ।
जिल्लाका विभिन्न स्थानहरूमा केन्द्रीय विद्युत् प्रसारण लाइनका विस्तारका लागी केन्द्र सरकारले सो सरसामान ल्याइएको सप्लायर्स कम्पनीले जनाएको छ ।
लाखौँ मूल्यको ट्रान्सफर्मर,तार र विद्युतीय गट्टालगायत प्रसारण लाइन विस्तारका लागी प्रयोग हुने महत्त्वपूर्ण विद्युतीय सामाग्रीहरू अलपत्र अवस्थामा रहँदा समेत सरोकारवाले बेवास्ता गरेको स्थानीयको गुनासो छ । जसका कारण राज्यको निकै ठुलो रकम दुरुपयोग भएको ठहर स्थानीयको छ ।






प्रतिक्रिया राख्नुहोस्