विपद् व्यवस्थापनकालागि बजेटको ब्यवस्था हुन्छ: मुख्यमन्त्री

चितवन – बागमती प्रदेशका मुख्य मन्त्री बहादुरसिह लामाले मौसम जन्य विपदको उद्धार कालागि आवश्यक बजेट व्यवस्था हुने बताउनुभयो ।

देवघाट स्थित नारायणी नदी किनारमा बिहीबार नेपाली सेनाको नेतृत्वमा आयोजित संयुक्त कृत्रिम अभ्यास कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले विपत्को उद्धारका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
“बागमती प्रदेश त अझै विपत्को उच्च जोखिममा रहेको प्रदेश हो हामी विपदवाट कसरी कम क्षति हुन्छ भनेर उद्धारलाई प्रभावकारी बनाउन खोज्दै छौ”, उहाँले भन्नुभयो ।
उहाँले विपदवाट हुने क्षति न्यूनिकरणकालागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायत सरोकार निकायहरू संयुक्त रूपमा खटिनुपर्ने बत्ताउनुहुँदै क्षति न्यूनीकरणमा ध्यान दिन निर्देशन पनि दिनुभयो ।
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार देवघाट स्थित नारायणी नदी किनारमा आयोजना गरेको मौसम जन्य विपद ब्यवस्थापनकालागि आवश्यक उपकरण खरिद अत्यावश्यक भएको पनि धारणा राख्नुभयो । विपतको व्यवस्थापन कसरी गर्ने भन्ने चुनौति रहेको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछानेले यो वर्ष मौसम जन्य विपत्ले जोखिम बढाएको बताउनुभयो ।
“बागमती प्रदेशका १० जिल्ला यो वर्ष विपत्को जोखिममा छन् । यस वाट ७४ हजार घर परिवारका ३ लाख ३६ हजार नागरिक प्रभावित हुन सक्ने अनुमान मन्त्रालयले गरेको छ”, उहाँले भन्नुभयो ।
“मनसुन जन्य जोखिमको प्रभाव बागमती प्रदेशमा बढी छ । यस वाट हुने क्षति न्यूनीकरणमा लाग्न अहिलेको आवश्यकता हो”, उहाँले भन्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाली सेनाको मध्य पृतना हेटौडाका पृतनापति हरेन्द्र पाठकले प्राकृतिक प्रकोप कसैको नियन्त्रणमा नभएकाले यसको व्यवस्थापन चुनौती पूर्ण रहेको बताउनुभयो ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस र नेपाल स्काउटका २०० जनाले अभ्यासमा सहभागिता जनाएका थिए ।
नेपाली सेनाको नेतृत्वमा गरिएको सो अभ्यासका क्रममा नारायणीमा बगेर आएका सर्वसाधारणको उद्धार अभ्यास गरिएको थियो । उद्धारकर्मीहरूले डुङ्गा, र्‍याफ्टिङ्ग लगायतका साधनहरूबाट नदीमा बगेका मानिसहरूको उद्धार गरेर देखाएका  थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.