राजतन्त्र कहिल्यै आउँदैन, आन्दोलन बेकार हो : सभापति देउवा

जनकपुरधाम- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा राजावादीहरुले गरेको आन्दोलनको कुनै अर्थ नरहेको बताउनुभएको छ ।

जनकपुरधामस्थित विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै सभापति देउवाले राजतन्त्र कहिलै नआउँने र त्यसको पक्षमा आन्दोलन गर्नु बेकार भएको उल्लेख गर्नुभयो ।

वर्तमान गठबन्धनको सरकारले आफ्नो पार्टीको सहमति अनुसार कार्य गरिरहको उल्लेख गर्दै सभापति देउवाले अहिलेको सरकारले ल्याएको बजेटले सबै पक्षलाई समेटेको तथा सन्तुलित भएको बताउनुभयो ।

कांग्रेस र एमाले सम्मिलित वर्तमान सरकार आगामी निर्वाचन २०८४ सालसम्म कायम रहने र जथाभावी हल्लाको पछाडि नलाग्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका नेता ठाकुरप्रसाद ढुङ्गानाको आज धनुषाधाममा आयोजित ६२ औँ स्मृतिसभा, शालिक अनावरण र उहाँका बारेमा लेखिएको पुस्तकको विमोचनसहितका कार्यक्रममा सहभागी हुन सभापति देउवा आज जनकपुरधाम जानुभएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.