एक्स्काभेटर दुर्घटनामा चालक गम्भीर घाइते

धादिङ –  धादिङको शिद्धलेक गाउँपालिका स्थित वडा नम्बर ३को चालिसको भन्ने ठाउँमा गए राती एक्स्काभेटर दुर्घटनामा परी चालक  घाइते भएका छन् ।

तिन खण्डे नेपाने डाँडा रेडी खोला सडक खन्ने क्रममा सो एक्स्काभेटर दुर्घटनामा परेको हो ।

बा ३ क ४१३९ नम्बर को एक्स्काभेटर दुर्घटनामा परी चालक घाइते भएको हो ।

मेसिन सडकबाट करिब पाँच सय मिटर तल कोचमा खसेको प्रहरीले जनाइएको घाइते चालकको थप उपचारका लागी काठमाडौँ पठाइएको छ ।

निजको अवस्था गम्भीर रहेको जनाइएको छ । हिजो साँझ करिब दश तिस बजेको समयमा काम गरिरहेको अवस्थामा खनेको सडक भासिन पुग्दा सो दुर्घटनामा भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.