भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु

दैलेख-  भरुवा बन्दुकको छर्रा लागेर दैलेखमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा यहाँको महाबु गाउँपालिका–४ काप्रिखोलाका अन्दाजी ३४÷३५ वर्षीय पूर्ण बहादुर थापा सलामी मगर रहेका छन् । स्थानीय बतासे जङ्गलमा सिकार खेलेर घर फर्किने क्रममा भरुवा बन्दुकको छर्रा लागेर उनको घटना स्थलमा मृत्यु भएको हो ।

सिकार खेल्न गई घर फर्किने क्रममा साथमा रहेका सूर्य बहादुर थापा बलामी लड्न गई उनले बोकेको भरुवा बन्दुक पट्किँदा सँगै रहेका पूर्ण बहादुर थापा सलामी मगरको घटना स्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लाल बहादुर सुनारले बताउनुभयो ।

घटनाका विषयमा खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले सिकार खेल्न गएका अन्य दुई जनालाई भरुवा बन्दुक सहित नियन्त्रणमा लिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

पक्राउ पर्नेमा महाबु गाउँपालिका–४ का सूर्य बहादुर थापा बलामी र ओम बहादुर थापा बलामी मगर रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.