बाजुराको बाम्का बजारमा आगलागी, आगो नियन्त्रणको प्रयास जारी

बाजुरा- बाजुरा जिल्लाको बुढीगङ्गा नगरपालिका-६ मा पर्ने बाम्का बजारमा आगलागी भएको छ ।

आज दिउँसो ग्यासको सिलिण्डर पड्किएर आगो लागेको हो ।

बाम्का बजारमा सञ्चालित एउटा होटलमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किएर भएको आगलागीमा १२ वटा भन्दाबढी पसल जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देव चौधरीले जानकारी दिनुभयो ।

आगलागीका कारण लाखौँको क्षति भएको अनुमान गरिएको छ । प्रहरी निरीक्षक चौधरीले आगो लाग्नुको कारण भने खुल्न नसकेको बताउनुभयो ।

हावाहुरीका कारण आगो नियन्त्रण बाहिर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगो नियन्त्रणका लागि सुरक्षाकर्मी, स्थानीय लागिरहेका छन् । आगलागीका कारण फाइबर इन्टरनेट र विद्युत् सेवा अवरुद्ध भएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.