पाठशाला प्रकृति काव्योत्सवमा दर्शक आचार्य प्रथम

काठमाडौँ – पाठशाला नेपाल फाउन्डेसनले विश्व वातावरण दिवसको अवसरमा आयोजना गरेको  पाठशाला प्रकृति काव्योत्सव  २०८२ नामक उपत्यकाव्यापि विद्यालय स्तरीय कविता प्रतियोगितामा नवज्योति मा. वि कोटेश्वरमा अध्ययनरत विद्यार्थी दर्शक आचार्यले प्रथम स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा उपत्यकाभरिबाट प्राप्त सयौँ कविता मध्ये छनौट गरिएका ३० वटा विद्यालयका ५८ वटा कविताबिच प्रतियोगिता भएको थियो ।
 लिजा विष्टको अध्यक्षता संञ्चालित सो प्रतियोगितामा व्यङ्ग्य कवि लक्ष्मण गाम्नागे प्रमुख आतिथ्यका रुपमा हुनुहुन्थ्यो भने   स्थापित कवि अर्जुन पराजुलीको विशेष आतिथिका रुपमा हुनुहुन्थ्यो।
कार्यक्रममा  वरिष्ठ साहित्यकार रामप्रसाद ज्ञवाली, विद्यालयका प्रिन्सिपल अनिता कुमारी तामाङ, कवि मधुस न्यौपाने, कार्यक्रम संयोजक धर्म पोखरेल, लय कोइराला लगायतको उपस्थिति रहेको थियो।
निर्णायकमा स्थापित कविहरु रमेश पौडेल, प्रज्वल अधिकारी र रूपक अलङ्कार रहेको प्रतियोगितामा द्वितीय नेपाल विद्याश्रमका पङ्कज विनाडी, तृतीय जेम्स स्कुलका सोनियारानी बराल तथा सान्त्वना पुरस्कार प्राप्ति अधिकारी र रोचक रेग्मीले प्राप्त गरेका छन् ।
प्रथम, द्वितीय, तृतीय र सान्तवनालाई क्रमशः  १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ  , ७ हजार रुपैयाँ   र ५ हजार रुपैयाँ पुरस्कार सँगै प्रमाणपत्र र मेडल प्रदान गरिएको  थियो
सो प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विद्यार्थी आचार्यले प्रतियोगिता निकै गहकिलो र निष्पक्ष महसुस गरेको बताउँदै आयोजक र निर्णायकलाई धन्यवाद व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.