सप्तकोशीमा बेपत्ता अर्का प्रहरी जवान सुरज साउदको शव फेला

सुनसरी –  सप्तकोसी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ।

उनको शव कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिवार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। यसअघि पनि तालिमका क्रममा बेपत्ता भएका अर्का एक जवानको शव फेला परिसकेको  सुनसरी शास्त्र प्रहरीका एसपी निर्मल थापाले जानकारी दिनुभयो !

घटनापछि स्थानीय प्रशासन, सशस्त्र प्रहरी बल तथा उद्धार टोलीले संयुक्त खोज तथा उद्धार कार्य जारी राखेका थिए।

उद्धार तालिमका क्रममा भएको यो दुःखद दुर्घटनाले सुरक्षा तालिमका जोखिम र पूर्व तयारीप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। गत बिहीबार यस प्रदेशमा कार्यरत दुई जना सशस्त्र प्रहरी जवानहरू सप्तकोसी  नदीको पानीमा अभ्यास गरिरहेका थिए। अभ्यास गरिरहेका थिए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.