सरकारी कागज किर्ते मुद्दामा फरार अभियुक्त १६ वर्षपछि पक्राउ

  सुनसरी –  सुनसरी स् सरकारी छाप र दस्तखत किर्ते मुद्दामा १६ वर्षदेखि फरार रहेका रोशन राईलाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीका आधारमा उनलाई आइतबार बिहान ११.३० बजे निजकै घरबाट पक्राउ गरेको हो।

राईविरुद्ध सुनसरी जिल्ला अदालतले २०६६ साल फागुन १३ गते एक वर्ष कैद र दुई सय पच्चीस रुपैयाँ जरिवाना तोकिएको थियो। राईलाई थप कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.