बागमती प्रदेशले विपद जोखिम न्यूनकिरण गर्न आवश्यक बजेट निर्माणको तयारी गर्दैछ: मन्त्री लामिछाने

 काभ्रे – बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछानेले बागमती प्रदेशले विपद जोखिम न्यूनकिरण गर्न आवश्यक बजेट निर्माणको तयारी गरिरहेको बताउनुभएको छ ।

आइतबार काभ्रेको भुम्लु गाउँपालिका वडा नं ८ स्थित दोलालघाटमा सशस्त्र प्रहरी बल नेपाल, नं १५ गण हेक्वा काभ्रे र सशस्त्र प्रहरी बल नेपाल, नं १६ गण हेक्वा सिन्धुपाल्चोकको आयोजनामा सञ्चालन गरिएको नदीजन्य कृत्रिम घटना अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामिछानेले बागतमी प्रदेश अहिले बजेट निर्माणको कार्यमा रहेको र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपद प्रतिकार्य तालिम, गोतखोर तालिम, विपद संस्कृतिको विकास, जोखिम न्यूनकिरण, रणनिति निर्माण, राहतमा लगानी, विपदमा प्रयोग हुने सुरक्षा उपकरणहरुको खरिद एवं सुरक्षा निकायहरुलाई हस्तान्तरण गर्ने कार्यलाई विगतमा झैं यस वर्ष पनि लागिरहेको उहाँले बताउनुभयो ।
नेपालमा मन्सुन भित्रिसकेको र मन्सुनजन्य घटना न्यूनिकरण प्रतिकार्य अभ्यास अपरिहार्य रहेको उहाँको भनाई थियो । गत वर्षको असोजमा महिनामा आएको मन्सुनजन्य घटनामा बागमती प्रदेशको काभ्रे र सिन्धुपाल्चोक जिल्लामा ठूलो संख्यामा जनधन क्षति भएको छ । यसले हामीलाई ठूलो पाठ सिकाएको उहाँले बताउनुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अन्जनी कुमार पोख्रेलले विपद प्रतिकार्यका लागि आवश्यक श्रोत र साधनको व्यवस्थापनमा सरकारबाट प्रयाप्त मात्रामा बजेट उपलब्ध नभएको उल्लेख गर्दै विपद प्रतिकार्यका लागि आवश्यक श्रोत साधन व्यवस्थापन शिर्षकमा बजेट उपलब्ध गराउन सरकार समक्ष उहाँले बजेट माग गर्नुभयो ।

त्यस्तै, नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले जनप्रतिनिधिलाई विपदको समयमा काम गर्न कानुन बाधक बनेको बताउनुहुदैं, जहाँ बजेटको आवश्यक थियो, जहाँ काम गर्नुपर्ने थियो, त्यहाँ कानुनको कारणले हामी काम गर्न नसकेको गुनासो गर्नुभयो ।
जिल्ला विपद व्यवस्थापन समिति काभ्रेका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले विपद प्रतिकार्यका लागि श्रोत साधन तथा जनशक्तिको अभाव रहेको बताउनुभयो । जिल्ला विपद व्यवस्थापन समिति सिन्धुपाल्चोकका संयोजक एवं प्रमुख जिल्ला अधिकारी किरण थापाले विपदमा सबैभन्दा महत्वपूर्ण कुरा भनेकै पूर्वतयारी, सूचना र सर्तकर्ता रहेको बताउनुभयो ।

नदीजन्य कृत्रिम अभ्यास कार्यक्रममा स्थानीय स्रोत साधनको प्रयोग गरी विविध उद्धार विधिहरू प्रदर्शन गरिएको थियो । यस्तै उद्धारकर्मीहरूले ¥यापलिङ्ग प्रविधि, रबर बोट प्रयोग, हाईलाइन रेस्क्यु, बोट रेस्क्यु, डिप डाइभिङ्ग, गोतखोरबाट खोजी कार्य, बाढी प्रभावित क्षेत्रमा उद्दार गर्ने अभ्यास देखाएका थिए । कार्यक्रममा विपद उद्धार कार्यमा प्रयोग गरिने सामाग्रीहरुको प्रर्दशनी समेत गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.