प्रतिनिधि सभामा जारी अवरोध खोल्न माओवादी तयार

काठमाडौँ- प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) संसद् अवरोध खुलाउन तयार भएको छ ।
भिजिट भिसा छानबिनको सुनिश्चिततासहित माओवादी केन्द्रले सदन खुलाउन तयार भएको प्रमुख सचेतक हितराज पाण्डेले बताउनुभयो ।
सत्तापक्षले छानबिन गर्ने प्रतिबद्धता जनाउने भएपछि माओवादी केन्द्र त्यसमा विश्वास गरेर प्रतिनिधि सभामा जारी अवरोध खोल्न तयार भएको हो ।
कांग्रेस, माओवादी र समाजवादीका नेताहरूबिच भएको छलफलमा यस्तो सहमति भएको स्रोत हो । तर, संसद्को चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने तयार भइसकेको छैन ।
रास्वपालाई सहमत गराउन कांग्रेस नेताहरूले छलफल गरिराख्नु भएको छ ।






प्रतिक्रिया राख्नुहोस्