प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौँ – निर्धारित समयभन्दा डेढ घण्टा ढिला सुरु भएको प्रतिनिधिसभा बैठक आधा घण्टापछि पुनः बस्ने गरी स्थगित भएको छ । प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सहितका विपक्षी सांसदहरूले आसनबाट उभिएर विरोध जनाएपछि सदन नियमित कार्यसूचीमा प्रवेश गर्न सकेन ।

सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न अनुमति दिने जानकारी दिँदै आसनबाट बसेर सदन सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभयो । विपक्षी दलको विरोधपछि सभामुख घिमिरेले बैठक आधा घण्टापछि बस्ने गरी स्थगन गरेको जानकारी गराउनुभयो ।

“दलहरूबिच सहमतिको प्रयत्न भई रहको र सहमतिका साथ संसद्को कार्यसूचीलाई अघि बढाउनुपर्ने महत्त्वलाई ध्यानमा राखेर शीर्ष नेताले प्रयत्न गरिरहेको भन्नुभएको छ, त्यसैले गर्दा यो बैठक आजै आधा घण्टापछि बस्ने गरी स्थगित हुन्छ,” सभामुख घिमिरेले भन्नुभयो ।

विपक्षी दलले यही जेठ १३ गतेदेखि ‘भिजिट भिसा’ प्रकरणलाई लिएर सदनमा विरोध जनाउँदै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.