चितुवाको आक्रमणबाट पाँच वर्षीय बालकको मृत्यु

तनहुँ- चितुवाको आक्रमणबाट सोमबार बन्दिपुर-२ कुवादी कामिडाडामा पाँच बर्षीय उत्सव गुरुङको मृत्यु भएको छ ।
करिब साढे ६ बजेको समयमा घर नजिकैको मकैबारीबाट एक्कासी आएको चितुवाले आक्रमण गर्दा घरको आँगनमा खेली रहेका गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
चितुवाले चिथोरेर भागेपछि गम्भिर घाईते गुरुङलाई उपचारको लागि बन्दिपुर अस्पताल लगिएको थियो । आवश्यक जाँचपछि उक्त अस्पतालले बालक गुरुङको मृत्यु भएको पुष्टि गरेको हो ।
बालकको मत्युपछि बुबा दलबहादुर र आमा लगायतका आफन्त अर्धचेत अवस्थामा रहेको बन्दिपुर गाउँपालिका-२ नम्बर वडा अध्यक्ष तिलकबहादुर कुँवरले जानकारी दिनुभयो ।
२०७४ सालदेखि हालसम्म ६ बर्षको अवधिमा गुरुङसहित १७ जना बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाई सकेका छन् ।
प्रतिक्रिया राख्नुहोस्