पाल्पामा हत्या गरी परार रहेका अभियुक्त १४ वर्षपछि पक्राउ

पाल्पा-  पाल्पामा कर्तव्य ज्यान मुद्दाका अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा साबिक चिदिपानी गाविस–७ (हाल माथा गढी गाउँपालिका–१) दमर निवासी ५७ वर्षीय सन्त बहादुर सार्कीलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले सार्वजनिक गरेको हो।

सार्कीले २०६८ साल कात्तिक ११ गते राति सोही स्थानका १८ वर्षीय नरवीर नेपालीको हत्या गरी फरार भएका थिए। हत्यापछि भारतमा लुकिछिपी बस्दै आएको सूचनाका आधारमा प्रहरीले निगरानी गर्दै आएको थियो।

प्रहरीका अनुसार उनी यही जेठ २५ गते नेपाल फर्किने क्रममा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया बसपार्कबाट पक्राउ परेका हुन्।

अभियुक्त सार्कीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ बमोजिम ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।

फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४९ अनुसार ६ दिनको म्याद लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.