खानेपानीमा भेटियो हानिकारक जीवाणु कोलिफर्म

धादिङ –  नीलकण्ठ नगरपालिका स्थित सदरमुकाम क्षेत्रमा वितरण गर्दै आएको खाने पानी हानिकारक जीवाणु कोलिफर्म भेटिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय धादिङबाट सङ्कलित पानीको नमुना प्रदेश जनस्वास्थ्य प्रयोगशालामा लगी परिक्षीण गर्दा  दिशामा पाइने कोलिफर्म नामक हानिकारक जीवाणु फेला पारेको  पुष्टि भएको हो ।

नगरपालिका क्षेत्रमा वितरण गर्दे आएको पिउने पानीको तिन ओटा मुहानबाट सङ्कलित नमुना परीक्षण गर्दा तिनै वटा मध्य दुई ओटा मूलको पानी पिउन योग्य नै नभएको बताइएको छ ।

ती मध्ये सातमुले मुहानको पानीमा कोलिफर्म भेटिएको हो ।

सबै मुहान एउटै स्थानमा जम्मा गरी पानी वितरण गर्ने हुनाले पानी पानी उमालेर खान अनुरोध नीलकण्ठ नगरपालिका वडा नम्बर ३का अध्यक्ष राजकुमार श्रेष्ठले आग्रह गर्नु भएको छ ।

कोलिफर्म मिसिएको पानी पिउँदा झाडा पखाला ज्वरो आउँ टाइँफाइँ जस्ता रोगको सङ्क्रमण हुने भएकोले नगरवासीलाई पानी निर्मलीकरण गरे पछि मात्रै पिउन अध्यक्ष श्रेष्ठले आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.