मधेश तराईका कतिपय ठाँउहरु अत्याधिक गर्मी

काठमाडौँ – मधेश तराईका कतिपय ठाँउहरु अत्याधिक गर्मी बढ्दा जनजीवन प्रभावित भएको छ।

गर्मीका कारण विधालयमा पठन पाठन प्रभावित भएको छ। तौलिहवाको कपिलबस्तु, बुद्धभूमि र बाणगंगा नगरपालिकाले गर्मीका कारण विद्यालयमा बिदा दिएका छन् ।

बुद्धभूमि र बाणगंगा नगरपालिकाले चार दिन मंगलबारदेखि शुक्रबार सम्म र कपिलबस्तु नगरपालिकाले तीन दिन बुधबार देखि शुक्रबार सम्म बिदा दिइएको हो ।

अत्याधिक गर्मीको कारण विधार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिए पछि विधालय बन्द गरिएको बुद्धभुमि नगरपालिकाका शिक्षा अधिकृत कृष्ण प्रसाद भट्टराईले बताउनुभयो । वर्षे विदाबाट कट्टा हुने गरी विद्यालयहरुलाई गर्मी विदा दिइएको बताइएको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.