नीलकण्ठ नगर क्षेत्रमा वितरण गरिएको खानेपानीमा कोलिफर्म भेटियो

धादिङ- नीलकण्ठ नगरपालिकास्थित सदरमुकाम क्षेत्रमा वितरण गर्दै आएको खानेपानी हानिकारक जीवाणु कोलिफर्म भेटिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय धादिङबाट सङ्कलित पानीको नमूना प्रदेश जनस्वास्थ्य प्रयोगशालामा लगेर परीक्षण गर्दा दिशामा पाइने कोलिफर्म नामक हानिकारक जीवाणु फेला परेको पुष्टि भएको हो ।
नगरपालिका क्षेत्रमा वितरण गर्दे आएको पिउने पानीको तीनओटा मुहानबाट सङ्कलित नमुना परीक्षण गर्दा तीनवटा मध्ये दुईवटा मूलको पानी पिउन योग्य नै नभएको बताइएको छ ।
सबै मुहान एउटै स्थानमा जम्मा गरी पानी वितरण गर्ने हुनाले पानी उमालेर खान नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का अध्यक्ष राजकुमार श्रेष्ठले आग्रह गर्नु भएको छ ।
कोलिफर्म मिसिएको पानी पिउँदा झाडा पखाला, ज्वरो, आउँ टाइँफाइँड जस्ता रोगको सङ्क्रमण हुने भएकोले नगरवासीलाई पानी निर्मलीकरण गरेपछि मात्रै पिउन अध्यक्ष श्रेष्ठले आग्रह गर्नु भएको हो ।






प्रतिक्रिया राख्नुहोस्