पनौतीमा ज्या पुन्ही जात्रा सम्पन्न हुँदै

काभ्रे – काभ्रे ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको पनौती जात्रा आज (बुधवार) सम्पन्न हुदैँछ । ज्येष्ठ शुक्ल त्रयोदशीदेखि पूर्णिमासम्म चल्ने यो जात्रा ‘ज्याः पुन्ही’, ‘हिले जात्रा’ र ‘घुम जात्रा’ नामले पनि चिनिन्छ । प्रत्येक वर्ष जेठ पूर्णिमाका दिन हुने पनौतीको ‘ज्या पुन्ही’ जात्रामा अनौठो परम्परा छ । जात्रामा यौनिकता झल्काउने गरी उन्मत भैरव, भद्रकाली र इन्द्रेश्वर महादेवको रथ जुधाउने गराइन्छ ।
लाम् पाटीमा रहेको भैरवको रथलाई तानेर ल्याई पुलिस पाटीनजिकै रहेको भद्रकालीको रथसग जुधाइन्छ । रथ जुधाउने बेलामा दुवै रथमा सवार रहेका मानिसहरू एक–आपसमा अबिर छर्केर हर्ष व्यक्त गर्दछन् । यो कार्य सकिएपछि भैरवको रथलाई फर्काएर नवदुर्गा डबलीभन्दा केही पर राखिन्छ । उन्मत्तभैरवको रथ गन्तव्य स्थानमा पुगेपछि भद्रकालीको रथ तानेर ल्याई भैरवको रथ“ग पछाडिबाट जुधाइन्छ । एवं प्रकारले भैरव र भद्रकालीको रथ तीन–तीन पटक एक–आपसमा जुधाइसकेपछि इन्द्रेश्वर महादेवको रथ भद्रकालीको रथ“ग अगाडिबाट तीन चोटि जुधाइन्छ । रथ जुधाउन“दा अबिर एक–आपसमा छर्केर हर्ष व्यक्त गर्ने चलन छ । रथ जुधाउने जात्रा हेर्नको लागि टाढा टाढाबाट मानिसहरू आउने गरेका छन् ।
किंवदन्ती अनुसार, परापूर्व कालमा महादेवले कृष्णको चरित्र जान्न एक हजार आठ गोपिनी मध्येबाट एक दिन आग्रह गरेका थिए । कृष्णले आफू नभएको कोठाबाट लैजान भने पनि सबै कोठामा कृष्ण रहेको पाए । कैलाशमा गएर पार्वतीलाई सो कुरा बत्ताऊदा उनले पनि महादेवको चरित्र हेर्ने विचार गरिन् । पार्वती ६४ योगिनीको रूप धारण गरेर कामासुर भई महादेवलाई लखेट्न थालिन् । सो रूप देखी महादेव डराएर भाग्दै गई पनौतीको त्रिवेणीस्थित नदीमा गुप्त रूपमा लुकेर बसेको पावर्तीले थाहा पाएर ६४ योगिनी पार्वतीले त्रिवेणी वरपर महादेवको प्रतीक्षा गरिरहिन् । त्यसै बेला महादेव पनि उन्मत्त भैरवको रूप धारण गरी बाहिर निस्के । भैरवको डरलाग्दो उन्मत्त रूप देखेर डराएकी ६४ योगिनीरूपी पार्वती भद्रकालीको रूप बदलेर रोसीखोलाको किनारै किनार भागेकी थिइन् ।
ज्यहा पुन्हीपछि पनौतीमा यो वर्षका जात्रा सकिन्छन् । अन्तिम जात्रा भएकाले आफन्त र इष्टमित्र अनिवार्य पुग्ने गरेका छन् । छिमेकी सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काठमाडौँ, भक्तपुर, ललितपुर देखीका मानिसहरू जात्रा हेर्न आउने गरेका छन् ।






प्रतिक्रिया राख्नुहोस्