रसुवामा बजार अनुगमन, अखाद्य वस्तु नष्ट

नुवाकोट-  जनगुनासो आएपछि रसुवाको कालिका स्थानमा बजार अनुगमन गरिएको छ । संयुक्त बजार अनुगमन समितिले विभिन्न पसलहरूको स्थलगत अनुगमन गरेको हो ।

संयुक्त बजार अनुगमन टोलीद्वारा कालिका गाउँपालिका २ स्थित कालिका बजारमा रहेका दैनिक उपभोग्य बस्तु बिक्री वितरण गर्ने पसल, होटेलमा अनुगमन गरिएको हो । अनुगमनको क्रममा म्याद गुज्रेका खाद्यान्न सामग्री तत्काल जफत गरी नियमानुसार नष्ट गरिएको समितिले जनाएको छ ।

कालिका गाउँपालिकासँगको सहरीकरणमा सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीको नेतृत्वमा सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि तथा विषयगत शाखाका प्रमुखहरू, सरोकारवाला कार्यालय, जनस्वास्थ्य कार्यालय समेत संलग्न रहेको टोलीले एकै दिन विभिन्न ३१ वटा विभिन्न पसलहरू स्थलगत रूपमा अनुगमन गरेको हो । अनुगमन गरिएकामा ११ वटा खाद्यान्न किराना पसल,  नौ वटा होटेल तथा खाजा घर, दुई वटा फार्मेसी, २ वटा एग्रोभेट  तथा सात वटा विविध सामग्रीका पसलहरू रहेको थियो ।

अनुगमनका क्रममा ५ वटा खाद्यान्न पसल,  होटेल तथा खाजा घर मापदण्ड विपरीत रहेको पाइएकोले तत्काल कारबाही गरिएको छ । उनीहरूलाई प्रति पसल जनही पाँचहजार रुपैयाँका दरले तत्कालै जरिवाना गरिएको  केहीलाई सचेत गराइएको अनुगमन टोलीका संयोजक तथा सहायक प्रजिअ अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.