अरबमा फल्ने खजुर स्याङ्जामा फल्यो

स्याङ्जा – जनमानसमा खजुर भन्ने बित्तिकै साउदी,कतार जस्ता देशमा मात्र फल्ने भनाई अझैपनी गाउँघरमा सुन्न सकिन्छ । बालुवा तथा मरुभूमिमा उम्रने खजुर स्याङ्जामा पनि फल्न थालेको छ । जिल्लाको गल्याङ् नगरपालिका– ११ जिमुवामा यस वर्ष खजुर लटरम्मै फलेको छ । रोजगारका लागि साउदी पुगेका करिब ६० वर्षीय बाबुराम ढकालले छुट्टीमा घमा आउँदा खजुरको बिउ लिएर आएको र बालुवासहित मल माटो मिलाएर बिउ लगाउँदा दुई वटा बिउ उम्रेका थिए । लगातार मलजल गर्दै जाँदा बिरुवा हुर्कँदै गएर गत वर्ष अलिअलि फलेको खजुर यस पटक लटरम्मै फलेको स्थानीय बताउँछन् ।
मरुभूमिभन्दा केही बाहिर खजुर फलेको देखेपछि आफ्नो जन्मभूमिमा पनि हुन्छ होला भन्ने लागेर केही खजुरका बीउ लिएर आएको उनले बताए । खजुरका लागि घाम पर्ने जग्गा चाहिने र यसले ४०–४५ डिग्री तापक्रम पनि सहने भएका कारण विशेष गरी जिमुवामा पनि गर्मीको समयमा अत्यधिक गर्मी हुने भएकाले खजुर रोपेको उहाँले बताउनुभयो ।
बिउ लगाएको ७ वर्षमा खजुर असाध्यै राम्रो फलेको छ । गाँउठाँउमै खजुर फल्न थालेपछि व्यावसायिक रूपमा खजुर खेती विस्तार गर्ने ढकालको भनाई छ ।
जिमुवामा खजुर फलेपछि अहिले लटरम्म फलेको खजुर हेर्नका लागी दैनिक भिड लाग्ने गरेको कृषि बिउ उत्पादन फर्मका सञ्चालक रुमलाल कँडेलले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्