काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं–  काठमाडौं महानगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार काठमाडौं महानगरपालिकाको सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा चार करोड ३१ लाख ७२ हजार २८७ रुपियाँ  भ्रष्टचार गरेको भन्दै मुद्दा दायर गरेको हो ।

उजुरी निवेदनका सम्बन्धमा अनुसन्धान हुँदा हाल सूचना तथा प्रसारण विभागका महानिर्देशकसमेत रहेका परियारसहित बोलपत्र मूल्याङ्कन समितिका पदाधिकारीहरु निर्देशक (अधिकृत दशौं तह) रवीनमान श्रेष्ठ, निर्देशक (अधिकृत दशौं तह) शिवराज अधिकारी, निर्देशक (अधिकृत दशौं तह) बसन्त आचार्य, निर्देशक (अधिकृत दशौं तह) नमराज ढकाल, इन्जिनियर (अधिकृत छैठौं तह) जनार्दन गिरी र खरिद एकाईका सहायक निर्देशक (अधिकृत सातौं) उत्तम दाहालको मिलेमतो तथा बदनियतमा ठेक्का खरिदको प्रक्रियामा विभिन्न भूमिका खेलेको देखिएको छ ।

उहाँका अनुसार सबैभन्दा कम अङ्क १८ करोड नौ लाख २२ हजार ३२५ रुपियाँ कबोल गर्ने निर्माण व्यवसायी समानन्तर सेवा प्रा. लि.लाई अयोग्य ठहर गरी गराइ दोस्रो कम कबोल अङ्क २२ करोड ४० लाख ९४ हजार ६१२ रुपियाँ प्रस्ताव गर्ने निर्माण कम्पनी व्यवसायी कल्पवृक्ष–कोहिनुर जे।भिसँग सम्र्झौता गरि गराइ चार हरोड ३१ लाख ७२ हजार २८७ रुपियाँ बराबरको रकम प्रतिवादीहरुले आफ्नो पदको दुरुपयोग गरी गराइ महानगरपालिका/सार्वजनिक संस्थाको सम्पत्तिको बदनियतपूर्वक हानिनोक्सानी गरे गराएको तथ्य स्थापित भएको देखिएको छ ।

उनीहरुविरुद्ध चार करोड ३१ लाख ७२ हजार २८७ रुपियाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय तथा बिगो असुल उपर हुन मागदाबी लिइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.