संवैधानिक निकायका ५२ पदाधिकारीबारे निर्णय सुनाउने मिति सर्यो
छलफलका लागि समय लाग्ने भएपछि आगामी असार १८ गते निर्णय सुनाइने
काठमाडौँ- संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा दायर मुद्दामा निर्णय सुनाउने मिति आगामी असार १८ गतेका लागि सरेको छ । मुद्दामा आज फैसला आउने भनिए पनि छलफलका लागि समय लाग्ने भएका कारण मिति सारिएको सर्वोच्च अदालतका सह रजिष्ट्रार अच्युत कुईकेलले जानकारी दिनुभयो ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल, नहकुल सुवेदीको संवैधानिक इजलासमा रहेको सो मुद्दामा आज फैसला आउने भनिए पनि निर्णय सुनाउने मिति सारिएको हो ।
केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले अध्यादेशमार्फत १३ संवैधानिक निकायका कुल ६१ पदमध्ये रिक्त रहेको ५२ संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गरेको थियो । अध्यादेश मार्फत गरिएका ती नियुक्तिहरु विरुद्ध अधिवक्ता ओमप्रकाश अर्याल,सुलभ खरेल,कीर्तिनाथ शर्मा,निशान्तबाबु खड्का,वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले १५ वटा रिट दायर गर्नुभएको थियो ।।






प्रतिक्रिया राख्नुहोस्