गृहिणी महिला आत्मनिर्भर कार्यक्रम
मकैको खोष्टावाट सामग्री निर्माण तालिम

नुवाकोट- नुवाकोटको नलगाउँका गृहिणी महिलाहरूलाई आत्मनिर्भर कार्यक्रम प्रदान गरिएको छ । सिप सिकाएर स्वरोजगार बनाउने उद्देश्यले खेर गइरहेको मकैको खोस्टाबाट विविध सामग्री निर्माण तालिम प्रदान गरिएको हो ।
बेलकोटगढी नगरपालिकाले गृहिणी महिला लक्षित कार्यक्रम अन्तर्गत मकैको खोस्टाबाट हस्तकलाका सामग्रीहरू (टोपी र ब्याग) उत्पादन सम्बन्धी एक महिने तालिम प्रदान गरेको हो । उक्त तालिमको वेलकोटगढी ९ नलगाउमा समापन गर्दै वेलकोटगढी नपाका उपमेयर शिवप्रसाद दाहालले सहभागी गृहिणी महिलाहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।
उहाँले खेर गइरहेको मकैको खोष्टाको सदुपयोग गरी यसले स्वरोजगार हुन अभिप्रेरित गरेको बताउनुभयो । दाहालले बजार सुनिश्चिता सहित प्रदान गरिएको यस कार्यक्रममा सहभागी महिलाहरूलाई सिपको सदुपयोग गर्न आग्रह गर्नुभयो ।
वडाध्यक्ष दुर्गाप्रसाद गजुरेल, महिला अगुवा पवित्रा पुडासैनीलगायतले महिलाहरुले खेर गएको वस्तु खोस्टाको सदुपयोग गर्ने र यसले बजारको सम्भावनासमेत उजागर गरेको बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्