अत्याधिक गर्मीका कारण पालुङटार नगरपालिकाका विद्यालयहरु बन्द

गोरखा – गर्मीका कारण गोरखाको पालुङ टार नगरपालिका भित्रका विद्यालयहरूमा आजदेखि पठनपाठन बन्द गरिएको छ । नगरपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा दुई दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख विवश चिन्तनले जानकारी दिनुभयो ।

‘‘पछिल्लो केही दिन यता अत्यधिक गर्मी बढेपछि जनजीवन निक्कै प्रभावित बनेको छ, उहाँले भन्नुभयो, ‘‘गर्मीका कारण बालबालिकाहरूलाई समस्या हुनसक्ने भएकाले नगरपालिकाले मातहतका सबै विद्यालयहरू आज र भोली बन्द गर्ने निर्णय गरेको हो ।’’

अत्यधिक गर्मीले बालबालिकाहरू विद्यालय आउन जान र पठनपाठनमा समस्या भइरहेकाले विद्यालय सञ्चालन गर्न कठिनाइ भएको नगर शिक्षा अधिकारी मनोज नेपाली सिर्मलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘नगरपालिकाले अभिभावक, विद्यालय शिक्षक तथा सञ्चालक समितिबाट सुझावका लिएर विद्यालय केही दिन बन्द गर्ने निर्णय गरेको हो ।’’

असार १ गतेबाट पुनः नियमित रूपमा पठनपाठन सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.