भारतमा भएको विमान दुर्घटनाको खबरले स्तब्ध भएको छु: राष्ट्रपति पौडेल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले भारतको अहमदाबादमा भएको विमान दुर्घटनाबाट आफू स्तब्ध भएको उल्लेख गर्नुभएको छ ।
भारतको अहमदाबादबाट लण्डनको लागि उडेको एअर इन्डियाको यात्रुबाहक विमान आज दिउँसो दुर्घटनामा परेको खबरले आफू स्तब्ध भएको राष्ट्रपतिले बताउनुभएको छ ।
सामाजिक सञ्जाल एक्समामार्फत राष्ट्रपति पौडेलले सो विमान दुर्घटनाबाट भएको अमूल्य मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।।







प्रतिक्रिया राख्नुहोस्