यस बर्षको मनसुनी प्रणाली पुनः कोशी प्रदेश हुँदै नेपाल भित्रियो

देशभर पानी पर्न केही समय लाग्ने

काठमाडौँ- यस बर्षको मनसुनी प्रणाली कोशी प्रदेश हुँदै पुनः नेपाल प्रवेश गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आजबाट मनसुनी प्रणाली कोशीबाट नेपाल भित्रिएको हो ।

अहिले कोशी प्रदेश छिरेको मनसुन देशभर फैलन भने केही समय लाग्ने महाशाखाले जनाएको छ। योसँगै पानी पार्ने प्रणाली सक्रिय भएपछि देशका विभिन्न स्थानमा वर्षा भएको छ ।

बङ्गालको खाडीबाट न्यूनचापीय प्रणाली बनेकोले यसवाट पानी पार्ने हावा नेपाल प्रवेश गरी पूर्वका जिल्लाहरुमा सामान्यदेखि मुसलधारे पानी पारिरहेको महाशाखाले जनाएको छ ।

आज इलाम आसपास र बर्दिया आसपासका एक–दुई स्थानमा मुसलधारे वर्षा भएको छ ।

देशको धेरै ठाउँहरुमा सामान्यदेखि मुसलधारे वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। यस अघि पनि कोशी प्रदेश भएर प्रवेश गरेको मनसुन त्यहीँबाट पूर्वि एसिया तर्फ फैर्किएको थियो जसले गर्दा कोशी प्रदेश वाहेक अन्यत्र कम पानी परेको थियो ।

पानी पार्ने प्रणाली सक्रिय भएसँगै दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन माहाशाखाले अनुरोध गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.