प्रतिनिधि सभाको अवरोध भोलिदेखि हट्छ: प्रचण्ड

काठमाडौँ- अवरुद्ध बन्दै आएको प्रतिनिधिसभाको बैठक भोलिदेखि सुचारु हुने भएको छ।

सत्तापक्ष र प्रतिपक्ष दलहरुवीच भोलिदेखि संसद सुचारु गर्ने विषयमा सहमति भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिनुभयो ।

भिजिट भिसा प्रकरणमा अध्ययन र छानविन गर्ने विषयमा सहमति नजिक पुगेपछि भोलिदेखि संसद खुल्ने उहाँले जानकारी दिनुभएको हो ।

संसद भवनवाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरण गम्भीर बिषय भएकाले छानविन गर्नुपर्ने आफुहरुको मागमा सत्तापक्षले सकारात्मक रुपमा लिएको जानकारी दिनुभयो । उहाँले गृहमन्त्रीको राजीनामा भन्दा पनि छानवीन महत्वपूर्ण भएको बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.