प्रतिनिधि सभाको बैठक फेरि सर्‍यो

काठमाडौँ- प्रतिनिधि सभाको बैठक आज साँझ बस्ने गरी सरेको छ।

सभामुख देवराज घिमिरेले दिउँसो ३:१५ का लागि डाक्नु भएको बैठक फेरि सारिएको हो ।

दलहरुबीच भिजिट भिसा प्रकरणमा सहमति जुटेपनि बैठक समयमा नै बस्न सकेको छैन ।

सत्तारुढ काँग्रेस र एमालेसँग प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सहमति गरेर बैठक संचालन गर्न सहमति जनाए पनि रास्वपाले भिजिट भिसा प्रकरणमा आफ्नो अडान कायमै राखेको छ ।

आज प्रतिनिधि सभाको बैठक चल्छ भनेर नेताहरुले प्रतिकृया दिएपनि अझै निश्चित भने भएको छैन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.