घाँटीमा मासु अड्किएर वृद्धको मृत्यु

धनकुटा–  धनकुटाको महालक्ष्मी नगरपालिकाका एक वृद्धको घाँटीमा मासु अड्किएर मृत्यु भएको छ। मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका–९, मूर्तिढुङ्गाका ७८ वर्षीय प्रेम बहादुर लिम्बू रहेका छन्। उनलाई गत जेठ २१ गते राति सुँगुरको मासु खाने क्रममा घाँटीमा मासु अड्किएको थियो।

गम्भीर अवस्था भएपछि लिम्बूलाई उपचारका लागि विराटनगरस्थित बिराट टिचिङ अस्पताल लगिएको थियो। उपचारको क्रममा गएराति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

घटनासम्बन्धी पोष्टमार्टम लगायत अन्य कानूनी प्रक्रिया तथा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.