मगर समुदायले आज भूम्या पर्व मनाउँदै

दाङ- प्रकृतिको पूजा गरेर मगर समुदायले आज भूम्या पर्व मनाउँदैछन् । प्राकृतिक विपत्ति नआओस्, बालीनालीमा किरा नलागोस् भनेर मगर समुदायले हरेक असार १ गते भूम्या पर्व मनाउने चलन छ ।

विशेषगरी मगर समुदायले मनाउने यो पर्व रोल्पाको थबाङ, सुनछहरी गाउँपालिका र रुकुमका विभिन्न गाउँहरुमा धुमधामका साथ मनाउने गरिन्छ । यो पर्वमा विशेषगरी जमीनको पुजा गरिन्छ ।

वर्षेनी प्राकृतिक प्रकोपबाट धनजनको क्षति हुनु भनेको भूमि देवता रिसाएर भएको हो भन्ने मान्यताका साथ भूमीको पुजा गर्ने हो भने भूमि देवता खुसी भएर प्राकृतिक विपत्ति बेहोर्न नपर्ने विश्वासकासाथ यो पर्वको सुरुवात गरिएको हो ।

यो पर्वमा युवा युवती, बुढाबुढी हजारौं व्यक्तिहरु एकैचोटी नाच्न सकिने नोको बाङ्गे नाचको पनि आयोजना गरिन्छ । वसन्त ऋतुमा विवाह गर्ने जोडिको दाम्पत्य जीवन सधैं सुखी हुने धार्मिक संस्कारलाई कायम राख्न यो पर्वको शुरुवात गरिएको नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष दर्जित रोकाको भनाई छ ।

भुम्या पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले रोल्पा, रुकुम, दाङ र प्यूठानमा आज सार्वजनिक विदा समेत दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.