सभामुखद्वारा प्रमुख सचेतकसँग छलफल

काठमाडौँ- प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सांसदको क्यालेन्डर लगायतका विषयमा प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको छ ।
छलफलमा संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरू सहभागी हुनुभएको छ । प्रतिनिधि सभामा प्रतिपक्ष दलहरूले जेठ १३ गतेदेखि प्रतिनिधि सभामा अवरोध गरिरहनुभएको छ। जसका कारण बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन ।
यसबारेमा पनि सभामुखले नियमित दलका प्रतिनिधिहरूसँग छलफल चलाइरहनुभएको छ।
शुक्रबार एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच सदन खुलाउन दुईबुँदे सहमति भएको थियो ।तर, विपक्षी दलहरू रास्वपा र राप्रपाले भने अवरोधलाई कायम राखेका थिए।






प्रतिक्रिया राख्नुहोस्