प्रेमिकाको नग्न तस्बिर सामाजिक सञ्जालमा

गोरखा –  गोरखाको १ जना युवकले आफ्नै प्रेमिकाको नग्न तस्बिर सामाजिक सञ्जालमा हालेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

रिलेसन सिपमा रहेको आफ्नै प्रेमिकाको नग्न तस्बिर हालेको आरोपमा शाहिदलखन गाउँपालिका–२ बस्ने १९ वर्षका जिफ्रान थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी इन्द्र प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

जिफ्रान थापा मगरलाई अहिले विद्युतीय कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भई रहेको पनि उहाँले बताउनुभयो ।

पक्राउ परेका युवकले नाम परिवर्तित “(०८१।०८२) फ कुमारी” का प्रेमीलाई सामाजिक सञ्जालमा भिडियो कल गर्न लगाई विभिन्न  बहाना बनाई विश्वास दिलाई अश्लील हर्कत गर्न लगाएर मोबाइलमा स्क्रिन रेकर्ड गरेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ ।

आफ्नै मोबाइलमा सुरक्षित राखिए ती भिडियो अन्य साथीभाइलाई सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्न लगाएर महिलाको चरित्र हत्या, अपमान गरी अमर्यादित कार्य गरेको भन्ने पीडितको जाहेरी गोरखा प्रहरीमा परेपछि युवकलाई पक्राउ गरिएको सूचना अधिकारी सुवेदीले बताउनुभयो ।

युवकले प्रयोग गरेको मोबाइल गोरखा प्रहरीले फरेन्सीक ल्याबमा परीक्षणको लागी पठाएको र त्यसको अनुसन्धान प्रतिवेदन आउन बाँकी रहेको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर बि.क.ले उक्त कसुर विद्युतीय (इलेकट्रोनिक) कारोबार ऐन, २०६३ ले निषेधित गरेको कार्य भएको भन्दै सो गर्ने जो कोहीलाई कानुन बमोजिम दण्ड सजायको व्यवस्था भएको कोही कसैले कुनै पनि बर–बहानामा कोही कसैको अश्लील तथा गोप्य राख्नुपर्ने फोटो भिडियोहरू खिच्न÷कैद नगर्नुहुन अनुरोध गरेको छ ।

यदि कोही कसैले त्यस्तो कार्य गरे गराएको भए तत्कालै गोरखा प्रहरीमा समर्पक राखी जानकारी दिन पनि प्रउ विकले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.