हुम्लाको उनापानीमा आगलागीबाट आठ घरमा क्षति

हुम्ला- हुम्लाको सर्केगाड गाउँपालिका-३ को उनापानी गाउँमा आगलागी भएको छ । आगलागीबाट आठ घर जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

आगलागीबाट सर्केगाड गाउँपालिका-३ का बिर्ख रावत, बाटुली फडेरा, लाल कुवार फडेरा, पाले फडेरा, आशा फडेरा, बिरजन फडेरा र धन बहादुर रावतको घर जलेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक शंकर पोखरेलले बताउनुभयो ।

हालसम्म मानविय तथा पशु चौपायमा क्षति नभएको र स्थानीयबासी र प्रहरीको सक्रियतामा आगो निभाउने कार्य भईरहेको पोखरेलले जानकारी दिनुभयो ।

आगलागी हुँदा ५ वटा घरको झ्याल र ढोका फुटाएर सम्पुर्ण सामान निकाली आंशिक क्षति भएको डिएसपी पोखरेलको भनाई छ । घटनाको विस्तृत तथ्याङ्क आउन बाँकी रहेको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.