कालिगण्डकी कोरिडोरमा पहिरोले सडक अवरुद्ध

गुल्मी – पहिरोले कालिगण्डकी कोरिडोर अवरुद्ध भएको छ ।
गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका–६ बर्लबास्थित कालिगण्डकी कोरिडोर सडकको गुल्मी खण्डमा आज दिउँसो पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) गङ्गाबहादुर सारुले बताउनुभयो ।
प्रहरी चौकी भुर्तुङ अनुसार सडक माथिबाट अचानक ठुलो पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको जनाएको छ ।
सडक अवरुद्ध भएको खबर प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) देव बहादुर भुजेलको कमान्डमा दुई जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ। तर पहिरो झरिरहेकाले तत्काल सडक खुलाउने कार्य सुरु गर्न नसकिएको डिएसपी सारुले बताउनुभयो । प्रहरी स्रोतका अनुसार पहिरो स्थिर भएपछि मात्रै सडक खुलाउने कार्य अघि बढाइनेछ ।






प्रतिक्रिया राख्नुहोस्