नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय ब्रान्डको होटल ‘रोयल टुलिप’ सञ्चालनमा

काठमाडौँ-  लुभ्र होटल्स ग्रुपले नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय ब्रान्डको होटल ‘रोयल टुलिप’ सञ्चालनमा ल्याएको छ।

ललितपुरको ग्वार्कोबाट सञ्चालनमा आएको यस होटलले नेपालकै एक ठूलो र मिटिङ सभाको लागि ठूला हलहरू रहेको बताइएको छ।

त्रिभुवन विमानस्थलबाट ३.५ किलोमिटरको दुरीमा रहेको यस होटलको विकास मासिफ होटल प्रा.लि र व्यवस्थापन सरोबर होटलले गरेको छ।

कोठा संख्याको आधारमा यो नेपालकै ठूलो होटल भएको कम्पनीको दाबी छ।

६ अर्ब ५० करोडभन्दा बढीको  लगानीमा तयार भएको यो होटलमा ३सय ८ वटा कोठा छन्।

हाल होटलले एक सय चार कोठा मात्रै सञ्चालनमा ल्याएको छ। त्यस्तै, डाइनिङको लागि ललितपुर क्याफे छ भने होटलमा द अल्पाइन लाउन्ज एण्ड बार समेत छ।

इभेन्ट (कार्यक्रम)हरू सञ्चालन गर्न होटलमा ३० हजार स्वायर फिट बराबरको क्षेत्र रहेको, ११ हजार स्वायर फिट बराबरका ब्यांकेट र ६ वटा अतिरिक्त मिटिङ हल रहेका छन्। रोयल टुलिप अन्तर्राष्ट्रिय प्रख्यात होटल ब्रान्ड हो।

लुभ्र होटल्स ग्रुपको हाल ७० मुलुकमा एक हजार सात सय ५६ होटल रहेका छन्।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.