कञ्चनपुर–कमला फोर लेन सडक निर्माणमा लापरबाही, स्थानीय आक्रोशित

सिराहा — कञ्चनपुर–कमला फोर लेन सडक निर्माणको काममा संलग्न निर्माण कम्पनीको लापरबाहीका कारण स्थानीय वासीहरू आक्रोशित भएका छन्। पिच गरिएको धेरै ठाउँमा सडकलाई काटेर लामो समयदेखि अलपत्र अवस्थामा छोडिँदा त्यसले दुर्घटनाको जोखिम बढाएको स्थानीयको गुनासो छ।
स्थानीयहरूका अनुसार, मिर्चैया पालिका र कर्जनहाको पालिका बिच सीमा पर्ने निर्माण कम्पनीले सडक कटिङ गरेपछि मर्मत नगरी छोडेकाले सडकमा खाल्डाहरू बनेका छन्। ती खाल्डाहरूले गाडी गुड्नसमेत मुस्किल पारेको छ भने दुर्घनाको जोखिम बढाएको छ।
“सडक पिच गरेर राम्रो भएको थियो, तर अहिलेको अवस्थाले झन समस्या बनाएको छ,” एक स्थानीयले बताउनुभयो। “रातको समयमा त अझै खतरनाक हुन्छ। अलपत्र अवस्था रहेको खाल्डोले झन् दुर्घटना निम्त्याउन सक्ने स्थानीयको गुनासो रहेको छ ।
यसबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै स्थानीयले सडक मर्मत कार्य तत्काल अघि बढाउन माग गरेका छन्। यता, निर्माण कम्पनी वा जिम्मेवार निकायबाट भने अहिलेसम्म औपचारिक प्रतिक्रिया आएको छैन।






प्रतिक्रिया राख्नुहोस्