सालको काठ लोड गरिएको गाडीसहित दुई जना मिर्चैया प्रहरीको नियन्त्रणमा

सिराहा- सिराहा इलाका प्रहरी कार्यालय मिर्चैयाले अवैध रूपमा काठ तस्करी गर्दै गरेको आशङ्कामा दुई वटा गाडी नियन्त्रणमा लिएको छ। कटारीबाट मिर्चैयातर्फ आउँदै गरेका ती गाडीहरूलाई प्रहरीले गोप्य सूचनाको आधारमा राति करिब १० बजे मिर्चैया नगरपालिका वडा  -७ फुल बरिया नजिक नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार कटारी बेलसोत क्षेत्रबाट काठ बोकेर आइरहेका ती गाडीहरू चेकजाँच नगरी भागेपछि प्रहरी टोली परिचालन गरी नियन्त्रणमा लिइएको हो।

तीमध्ये एक गाडी मधेस प्रदेश–०३००१च–७१४४ र अर्को मधेस प्रदेश  १०१००१च – ८५९५  नम्बरको रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय मिर्चैया घटनाबारे वन कार्यालयलाई जानकारी गराइसकेको र थप अनुसन्धानका लागि काठसहितको गाडी वन कार्यालयका कर्मचारीलाई बोलाएर थप अनुसन्धान गरी जिम्मा लगाउने जानकारी दिनुभयो।

नियन्त्रणमा लिएको काठ गोलबजार नगरपालिका वडा न(४ मा संचालित गुप्ता साह मिल फर्निचर उद्योगका सञ्चालक श्याम गुप्ता(करी)को रहेको खुल्नमा आएको प्रहरीले जनाएको छ । तर, वन कार्यालय मिर्चैयाकी अधिकृत आकृति तामाङले भने राति गाडी नियन्त्रणमा लिए पनि प्रहरीबाट अहिलेसम्म कुनै आधिकारिक जानकारी नआएको बताउनुभयो।

यस विषयमा डिभिजन वन कार्यालय लहानका प्रमुख शैलेन्द्र मिश्र लाइ सम्पर्क गर्दा इलाका प्रहरी कार्यालय मिर्चैयाले हामीलाई जिम्मा लगाउनु हुन्छ त्यसपछी  आवश्यक कारबाही गर्ने बताउनु भएको छ ।

प्रहरी र वन कार्यालयबिच समन्वयको कमीका कारण अनुसन्धानमा ढिलाइ हुने र काठ तस्करीजस्तो गम्भीर मुद्दा ओझेलमा पर्ने जोखिम देखिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.