प्रतिनिधि सभाको बैठक सूचना टाँसेर पर्सि विहीबारसम्मका लागि स्थगित

काठमाडौँ- प्रतिनिधि सभाको बैठक आज पनि सूचना टाँसेर स्थगित गरिएको छ।

आज बसेको बैठकमा रास्वपाको विरोध जारी रहेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गर्नुभएको थियो ।

बैठक स्थगन पछि निरन्तर संवाद र छलफल गरेपनि सहमति जुट्न नसकेपछि बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

बैठक  पर्सि ५ गते बिहीबार बिहान ११ बजेसम्मका लागि सूचना टाँसेर स्थगित भएको संसद सचिवालयले जनाएको छ।

सभामुख घिमिरेले भोलि दिनभर दलहरुले राजनीतिक सहमति गरुन् भनेर समय दिइएको बताउनुभएको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने भन्दै रास्वपा सांसदहरुले वेल घेराउ गरेर प्रतिनिधि सभाको बैठकमा अबरोध जारी राखेका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.