मनसुन विपद उद्दार अभ्यास
मनाङ- मनसुन सुरुआतसँगै हुनसक्ने विभिन्न विपद् उद्दार अभ्यासगरिएको छ । नेपाली सेना नयाँ भैरवी दल गुल्म, सशस्त्र प्रहरी बल नं।३२ गुल्म र जिल्ला प्रहरीकार्यालय मनाङको संयुक्त आयोजनामा नासोँ गाउँपालिका–१ तालगाउँस्थित मस्र्याङदीनदीमा मनसुन विपद उद्दार अभ्यास गरिएको छ ।
मनसुनलाईमध्यनजर गरी नेपाली सेना, सशस्त्र प्रहरी बल र जिल्ला प्रहरी कार्यालयलगायतका सुरक्षानिकायले विपद उद्दार अभ्यासमा प्राथमिकता दिदै आएको छ ।
नेपाली सेना तथा सशस्त्र प्रहरीलगायतकासुरक्षा निकायले विपदमा उद्दार गर्न सहयोग पु¥याउने उद्देश्यले ‘मनसुन विपद उद्दार अभ्यासएवं डेमोस्टे«सन’ गरिएको छ । नेपाली सेना नयाँ भैरवी दल गुल्मका अनुसार मुनसुनमाघट्न सक्ने बाढी, पहिरो, डुबान एवं विपद् उद्दार अभ्यासले ठूलो मद्दत पुग्नेछ।
मनसुनसक्रिय हुने अवस्थामा विभिन्न खालका विपदका घटना हुनसक्छन, त्यस अवस्थामा उद्दारका लागिअभ्यासले टेवा पु¥याउनेछ । अभ्यासले जनचेतना जगाउन सहयोग गर्ने गर्दछ । अभ्यासलेसुरक्षा निकायलाई अभ्यस्त बनाउनुका साथै स्थानीयलाई पनि सचेत गराउन मद्दत पुग्छ । स्थानीयनिकाय तथा सरोकारवाला निकायबीचको सहकार्यमा विपद्का घटनामा नेपाली सेना र सशस्त्रप्रहरी बलले प्रभावकारी काम गर्नेछ । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायतसुरक्षा निकायले आगलागी, सडक दुर्घटना, जल उत्पन्न प्रकोप, भूकम्पजस्ता विपद्जन्यघटनामा खोज तथा उद्दार कार्य गर्दै आएको छ ।
बाढी र डुवानमा परेकाको उद्धार गर्नेबारे अभ्यास गरेको हो । अभ्यास कार्यले वास्तविक उद्धारमाकाम गर्न सहज हुने बताइएको छ ।
अभ्यास कार्यमा दक्ष जनशक्तिले गहिराईमा डुबेका पीडितकोउद्धार गर्ने कला प्रदर्शन गरेका थिए ।
भदौ,आश्विन र कात्तिकमा सडक दुर्घटना, महामारी, चट्याङसम्बन्धी, मंसिर, पुस र माघमा लु तथाडिहाईड्रेसन, शीतलहर तथा जाडोसम्बन्धी, फागुन र चैतमा आगलागी, हावाहुरी तथाआँधीबेरी र वैशाख, जेठ र असारमा जल उत्पन्न प्रकोप र बाढी पहिरोसम्बन्धी विपद्सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । विसं २०७८ जेठ २९ र असार १ गतेकोबाढीको डुबानमा परेका तालगाउँमा उद्दार अभ्यास गरिएको छ । जसले यहाँकास्थानीयबासीलाई उद्दारका अभ्यासले जनचेतना जगाउनेछ ।






प्रतिक्रिया राख्नुहोस्