कारागारमा पालीको शङ्कास्पद मृत्यु ः डडेलधुरा बजार बन्द राजमार्ग ठप्प

डडेलधुरा – कैलाली जिल्ला कारागारमा रहेका कैदी बन्दीको मृत्यु भएपछि डडेलधुरा बजार र राजमार्ग अवरुद्ध गरिएको छ । डडेलधुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिससिंह पालीको प्रहरीले नै हत्या गरेको आरोप लगाउँदै डडेलधुरा सदरमुकाममा बजार बन्द र राजमार्ग ठप्प गरिएको हो । घटनाको अनुसन्धान हुनुपर्ने माग गर्दै स्थानीयले बजार र राजमार्ग बन्द गरिएको छ ।

कारागारभित्र प्रहरीले नै कुटपिट गरेर पालीको हत्या गरेको आरोप मृतकका आफन्तको छ । मृतकका दाइ जगदीश रावलले भने, ‘कारागारभित्रै यातना दिइएको थियो । शरीरभर नीलडाम छन्, घटनाको सत्य तथ्य अनुसन्धान हुनुपर्छ ।’ मृतक पाली डडेलधुराका व्यवसायी पनि हुन् । घटनाको अनुसन्धान र सत्य तथ्य सहित दोषीलाई कारर्वाहि नभएसम्म आन्दोलन नरोकिने व्यवसायी युवराज जोशीको भनाई रहेको छ ।

यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार सोमबार पाली एक्कासि बिरामी भएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढीमा पु¥याइएको थियो । अस्पताल पु¥याएको आधा घण्टामै उनको मृत्यु भएको डिएसपी सिंहले बताउनुभयो । ‘जाहेरी नआउँदा अहिलेसम्म शवको पोस्टमार्टम पनि भएको छैन,’ डिएसपी सिंहले भन्नुभयो ‘पोस्टमार्टम भएपछि घटनाबारे अनुसन्धान अगाडि बढ्छ ।’

बैंकिङ्ग कसुरमा पालीलाई २९ फागुनमा कैलाली जिल्ला अदालतले १० दिन कैद र दुई लाख जरिवाना तोकेको थियो । सोही सजाय कार्यान्वयन गर्न पालीलाई डडेलधुराको अमरगढी नगरपालिका–५ स्थित तुफान डाँडाबाट पक्राउ गरिएको थियो । पक्राउपछिको दुई दिनमै उनको मृत्यु भएको हो ।

कैलाली प्रहरीले पालीलाई पक्राउ गर्नुअघि कञ्चनपुरको महेन्द्रनगरमा पनि उनलाई दुई घण्टा हिरासतमा राखिएको बताइएको छ । त्यहाँ प्रहरीले उनीबाट रकम असुली गरेको आरोप पनि आफन्तले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.