डाइभर्सन बगाउँदा नारायणगढ बुटवल सडक खण्ड अवरुद्ध

पूर्वी नवलपरासी- पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दुम्किबास स्थित विनयी खोलाको डाइभर्सन बगाउँदा नारायणगढ बुटवल सडक खण्ड अवरुद्ध भएको छ  । गए राति परेको वर्षा सँगै खोलामा आएको बाढीले विनयी खोलामा निर्माण गरिएको डाइभर्सन बगाएको प्रहरीले जनाएको छ । यस अघि हिजो दिउसो निर्माण गरिएको अस्थायी डाइभर्सन गए राति परेको वर्षासगै आएको बाढीले फेरि बगाएको हो । अहिले पूर्वपश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मधु नेपालले बताउनुभयो ।

त्यस्तै वर्षाले बाटो चिप्लो र हिलो हुँदा दाउन्ने विश्वकर्मा मन्दिर क्षत्रे नजिक सवारी साधन सञ्चालन गर्न कठिनाइ भएको छ । दाउन्ने क्षेत्रमा बाटो चिप्लो भएर सवारी साधन उकालोमा उक्लन कठिनाइ भएपछि डाइभर्सन बगाए पनि सञ्चालन गर्दै आएको वैकल्पिक बाटो बन्द गरी सवारी साधन रोकिएको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक नेपालले बताउनुभयो ।

विनयी खोलाको डाइभर्सन बगाउँदा यात्रुवाहक सवारी साधन र साना सवारी साधनहरू होङ्गसी गेटबाट सर्दी हुँदै वैकल्पिक सडकबाट सञ्चालन गरिँदै आइएको थियो । गत पुस महिनामा ओभर लोडको भारतीय गाडिएको ठक्करबाट पुल भाँचिएपछि डाइभर्सनबाट यातायात सञ्चालन हुँदै आएको हो । खोलामा पानीको बहाव घटेपछि डाइभर्सन मर्मतको काम गर्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.