गरिब विपन्न परिवारलाई लक्षित गरी बर्दघाटमा कपडा बैङ्क स्थापना

पश्चिम नवलपरासी – गरिब विपन्न परिवारलाई सहयोग गर्ने उद्देश्यले पश्चिम नवलपरासीको बर्दघाटमा कपडा बैङ्क स्थापना भएको छ । बर्दघाट नगरपालिकाको आर्थिक सहयोगमा बर्दघाट जेसिजले क्लोथ बैङ्क नेपाल सँगको समन्वयमा कपडाको पुनः प्रयोग गर्ने गरी कपडा बैङ्क स्थापना गरेको हो । पुराना प्रयोगमा नआएका कपडा तथा जुत्ताहरू सङ्कलन गरी प्रशोधन गरेर पुनः प्रयोग गर्न मिल्ने गरी वितरण गर्ने लक्ष्यका साथ बैङ्क सञ्चालनमा ल्याइएको बर्दघाट जेसिजका अध्यक्ष मोहन सापकोटाले बताउनुभयो ।
घर–घरमा प्रयोगमा नआएका कपडा बैङ्कमा ल्याएर जम्मा गर्ने र गरिब विपन्न तथा आवश्यकता भएकाहरूलाई वितरण गर्ने गरी कपडा सङ्कलन केन्द्र सञ्चालनमा ल्याइएको छ । प्रशोधन गरिएका कपडा गरिब विपन्न परिवार तथा विपत्तिमा परेकाहरूलाई वितरण गर्ने लक्ष्यका साथ नगरपालिकाले ‘क्लोथ बैङ्क’ सञ्चालनमा सहयोग गरेको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनुभयो ।
२०८१ सालमा स्थापना गरिएको कपडा बैङ्क अहिले देशभरका १६५ भन्दा बढी स्थानीय तहमा पुगेको जिसीले जानकारी दिनुभयो । अभिनेता राजेश हमाल संरक्षक रहेको उक्त कपडा बैंकले प्रयोगमा नआएका कपडाहरूलाई पुनःप्रशोधन गरेर वितरण गर्दै आइरहेको छ । अहिले उक्त संस्था संग पाँच थान कपडा वितरणको लागी तयारी अवस्थामा रहेको जनाईएको छ । जेसिजले समाजिक सेवाका कार्य वर्षभरी तय गरेर संञ्चालन गर्दे आएको जेसिजका महासचिव रविन शर्मा चापागाईले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्