प्रधानमन्त्री ओली असार १६ गते देखि २१ गते सम्म स्पेनको औपचारिक भ्रमणमा जानुहुने

विश्व बैँकबाट २‍० अर्ब ७९ कराेड रुपियाँ बराबरकाे सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय; विभिन्न चार जना मन्त्रीलाई विदेश भ्रमणको स्वीकृति प्रदान

काठमाडौँ । मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको आशन्न स्पेन भ्रमणका लागि प्रतिनिधि भण्डल गठन गर्नेदेखि विभिन्न चार जना मन्त्रीहरुको वैदेशिक भ्रमणको स्वीकृति  र विश्व बैंकबाट ऋणसहुलियत रकम स्वीकार गर्ने लगायतका निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्नुहुँदै असार २ गते बसेको मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय सार्वजनिक गर्नु भएको हो ।

असार १६ गते देखि २१ गते सम्म प्रधानमन्त्रीले स्पेनको औपचारीक भ्रमण  गर्नुहुने हुने भएको छ ।  मन्त्रिपरिषद बैठकले उक्त भ्रमणमा सहभागी हुन प्रतिनिधि मण्डल  गठन गर्ने निर्णय  मन्त्रिपरिषद बैठकबाट भएको  छ ।

यस्तै बेठकले भौतिक पूर्वाधार मन्त्री, संचार तथा सुचना प्रविधि मन्त्री, युवा तथा खेलकुद मन्त्री र स्वाथ्य तथा जनसंख्या मन्त्रीहरुको  विदेश भ्रमणलाई स्वीकृति प्रदान गरेको छ ।

सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्राे चरणकाे लागि विश्व बैँकबाट प्राप्त हुने करिब २‍० अर्ब ७९ कराेड नेपाली रुपियाँ बराबरकाे सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेकाे छ ।

यसैगरी दक्षिण कारिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियाेजनाका लागि प्राप्त हुने करिब १ अर्ब ८ कराेड ८० लाख नेपाली रुपियाँ अनुदान सहायता स्वीकार गर्ने समेत सरकारकाे निर्णय गरेकाे छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयका सहसचिव निर्मला अधिकारी भट्टराईलाई सत्य निरुपण तथा मेलमिलाप आयाेगकाे सचिव पदमा कायममुकायम मुकरर गर्ने निर्णय पनि सरकारले गरेको प्रवक्ता गुरुङले बताउनुभयो।

यस्ता छन मन्त्रिपरिगषद् बैठकका निर्णय

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.