चीनले भारी वर्षाको सूचना दिएपछि नेपालका सीमा क्षेत्रमा सतर्कता
भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्कता अपनाउन अनुरोध

काठमाडौँ- छिमेकी राष्ट्र चीनले भारी वर्षाको सूचना दिएपछि नेपालका सीमा क्षेत्रमा सतर्कता अपनाईएको छ । सिन्धुपाल्चोक र काभ्रेपलान्चोक जिल्ला प्रशासन कार्यालयले भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा बसोबास गर्ने स्थानीयहरुलाई सतर्कता अपनाउन अनुरोध गरेका छन् ।
मिति २०८२ असार ३ गते देखि ७ गते (Jun17-21 2025) सम्म छिमेकी राष्ट्र चीनको भोटेकोशी नदी भई बगने तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने सम्भावना रहेको भनी चीनको प्रहरी कार्यालयबाट सूचना प्राप्त भएकोले भोटेकोशी र सुनकोशी नदी आसपास ( भोटेकोशी गाउँपालिका, बाहबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोशी/ सुनकोशी नदी आसपास) क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपास
क्षेत्रमा बसोबास गर्नुहुने महानुभावहरुमा सतर्कता अपनाउन अनुरोध छ । सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीद्वारा जारी सूचनामा भनिएको छ ।







प्रतिक्रिया राख्नुहोस्