उच्च अदालतका न्यायाधीशद्वय थारु र महर्जनमाथि छानबिन सुरु

काठमाडौँ- न्यायपरिषद्ले उच्च अदालत बीरगञ्जका न्यायाधीशहरू डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन गर्न समिति गठन गरेको छ ।

आज बसेको न्यायपरिषद् बैठकले सर्वोच्च अदालतका न्यायाधीश विनोदकुमार शर्माको एक सदस्यीय समिति गठन गरेको हो । अब समितिले न्यायपरिषद्मा परेका उजुरीमाथि छानबिन गर्नेछ ।

कांग्रेस पूर्व सांसद मोहम्म्द अफताब आलमलाई ज्यान मुद्दाबाट सफाइको निर्णय सुनाएका उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय थारु र महर्जनलाई न्यायपरिषदमा तानिएको छ ।

अब उँहाहरू न्याय परिषदमा हाजिर हुनुपर्नेछ ।

उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले गत १४ जेठमा बम विस्फोट र ज्यान मुद्दाको आरोपबाट आलम लगायतलाई सफाइ दिएको थियो ।

न्यायाधीशहरू थारु र महर्जनको इजलासबाट मुद्दाको फैसला भएलगत्तै चौतर्फी आलोचना सुरु भएको थियो ।

गत मंगलबार मात्रै १८ वर्षअघिको विस्फोटमा मारिएका त्रिलोकप्रताप सिंहका बाबु श्रीनारायण सिंह राउत आफैं उपस्थित भएर न्यायपरिषदमा उजुरी दिएका थिए ।

त्यसअघि परिषद्‌मा अर्को उजुरी विचाराधीन थियो ।

यस विषयमा छानबिनपछि प्रतिवेदन तयार हुने न्याय परिषद सचिवालयले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.