पहिरोका कारण अरनिको राजमार्ग बन्द
सिन्धुपाल्चोक- सिन्धुपाल्चोकस्थित भोटेकोसी गाउँपालिकाका तीन ठाउँमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रुपमा बन्द भएको छ ।
इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार भोटेकोसी–२ को कोदारी, वडा नं ३ को लार्चा र वडा नं २ कै कोप्लाङमा पहिरो गएको छ ।
पहिरो पन्छाउने काम जारी रहेकाले राजमार्ग पूर्ण रुपमा बन्द भएको छ ।
सडक भाँसिदा तातोपानी नाका हुँदै सञ्चालन हुने कन्टेनर ढुवानी रोकिएको उहाँले बताउनुभयो ।
यसैबीच, लगातारको वर्षासँगै भोटेकोसी-२ को लिपिङ बजारमा पहिरो जाँदा तीन घरमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभएको छ ।।






प्रतिक्रिया राख्नुहोस्