नौबिसे मलेखु खण्ड भोली देखी पुनः दुई दिनका लागी रातको समयमा बन्द

धादिङ – पृथ्वी राजमार्ग अन्तरगत नौबिसे मलेखु खण्ड भोली आठ गते देखी पुनः दुई दिनका लागी रातको समयमा बन्द गरी काम गर्ने भएको छ । भोलि देखी १० गते मङ्गलवार बिहान तिन बजेसम्म बन्द हुने मुग्लीन नारयणघाट सडक योजना पूर्वी खण्डका प्रमुख इन्जिनियर केशव ओझाले जानकारी दिनु भएको छ ।
निर्माणाधीन अवस्थामा रहेको सो सडक खण्डमा बनेका नयाँ पुलहरूको गडर राख्नका लागी सो सडक खण्ड बन्द गरी काम गर्ने भएको हो । भोलि राति १० तिस बजे देखी बिहान तिन बजेसस्म्म दैनिक पाँच घण्टा बन्द गरी काम गर्ने जनाएको छ । सो समयमा अत्यावश्यक सवारीका साधनहरू बाहेक अन्य सवारी बन्द रहने स्थानीय प्रशासनले जनाएको छ । यस समयमा राजधानी काठमाडौँ प्रवेशका लागी आएका सवारीका साधनहरूलाई मलेखु मझिमटार र वेनीघाटतर्फ रोकिने छ । भने नौबिसेतर्फबाट मलेखु आउँदै गरेका सवारीका साधनहरुलाई बैरेनी, आदम घाटतर्फ रोकिने छ । जिल्ला प्रशासन कार्यालय धादिङसँगको समन्वयमा सडक आयोजनले सो सूचना जारी गरेको हो । बन्दको समयमा दमकल प्रहरी र एम्बुलेन्स जस्ता सवारीका सधनहरुलाई भने रोकिने छैन ।
Enter






प्रतिक्रिया राख्नुहोस्