धादिङको महादेववेशीका फर्ममा पालिएका ३५ भन्दा बढी बंगुर खोरमै मरे
स्वाइन फ्लु वा अफ्रिकन स्वाइन फिबर भन्ने यकिन हुन बाँकी रहेको पशु चिकित्सकको भनाइ

धादिङ – दक्षिणी धादिङको थाक्रे गाउँपालिका वडा नम्वर ६ स्थित महादेववेशीमा किसानहरुले पालेका बंगुरहरु भकाभक मर्न थालेका छन् । महादेववेशी स्थित जीवन ग्याल्वो तामाङले पालेका बंगुर करिव २० दिन अघि मरेका थिए ।
त्यसको एक हप्ता पछि पुनः बंगुरहरु विरामी पर्दै मर्न थालेको किसान तामाङको भनाइ छ । पछिल्लो एक सातायता तामाङको फर्ममा दैनिक ७ देखि ९ वटासम्म बंगुरहरु मर्ने गरेका छन् । सो क्षेत्रमा किसानहरुले पालेका मध्ये ३५ ओटा बंगुर मरिसकेको किसानहरुको भनाइ छ । मर्ने क्रम अझै रोकिएको छैन । ज्वरो आउने, दाना पानी खान मन नगर्ने, झोक्राउने लक्ष्यण देखिएर बंगुर मर्ने थाले पछि पशु सेवा कार्यालय धादिङलाई खवर गरिएको थियो ।
पशु सेवा कार्यालय धादिङको प्राविधिक टोलीले मरेको बंगुरको पेष्टमार्टम गरी नमुना परीक्षण गर्दा स्वाईन फ्लु नभई अर्फिक्रन स्वाईन फिभर भएको आशंका गरिएको हो ।
पशु सेवा कार्यालय धादिङका बरिष्ठ पशु विकास अधिकृत डाक्टर बबलु ठाकुरका अनुसार स्वाईन फ्लु हो वा अफ्रिकन स्वाईन फिभर हो ,अझै यकिन गर्न केन्द्र पशु रोग अन्वेषण प्रयोगशालामा बंगुको नमुना परीक्षणका लागि पठाइएको जानकारी दिनु भएको छ ।
यो सँगै सो रोगको संक्रमण थप फैलन नदिन महादेवबेशी क्षेत्रमा रहेका बंगुरहरु एक ठाँउबाट अर्को ठाँउमा ओसार पसार गर्न रोक लगाएको छ ।।






प्रतिक्रिया राख्नुहोस्